सरकार व्यवस्थित भएपछि मधेशका माग सम्बाेधन हुन्छन् : प्रधानमन्त्री देउवा

डिसी नेपाल
१ भदौ २०७८ १३:३८
136
Shares

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार व्यवस्थित भएपछि मधेशका माग सम्बाेधन गरिने बताएका छन्। मंगलबार सरकारी निवास वालुवाटारमा जनता समाजवादी पार्टी नेपालका नेताहरु महन्थ ठाकुुर, राजेन्द्र महतो, शरत्सिंह भण्डारी, लक्ष्मणलाल कर्ण लगायतसँग भेटवार्ता गर्दै प्रधानमन्त्री देउवाले यस्ताे आश्वासन दिएका हुन्।

प्रधानमन्त्री देउवाले आफूले संसद्मा विश्वासको मत लिने बेलामा मधेसका माग सम्बोधन गर्ने सम्बन्धमा प्रतिबद्धता व्यक्त गरिसकेको बताउँदै सरकार व्यवस्थित भएपछि माग सम्बोधन प्रक्रिया अघि बढ्ने बताएकाे नेता भण्डारीले जानकारी दिए।

भेटमा जसपाका नेताहरुले नागरिकतासम्बन्धी विधेयक, मधेस आन्दोलनका मुद्दा फिर्ता, लाल आयोगको प्रतिवेदन सार्वजनिक, संविधान संशोधनलगायत माग सम्बोधनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *