यौन दूर्व्यवहार गरेको आरोपमा तयारी पोशाक उद्योगका सिइओ पक्राउ

डिसी नेपाल
१ भदौ २०७८ २०:५९
332
Shares

काठमाडौं । महिला श्रमिकलाई यौन दूर्व्यवहार गरेको आरोपमा तयारी पोशाक उद्योगका कार्यकारी प्रमुखलाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर–१३ स्थित तयारी पोशाक उत्पादक कम्पनी ट्राइकोट इन्डस्ट्रिज प्रालिका सिइओ सञ्जय चाण्डोकलाई मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी जनार्दन जीसीले बताए । श्रमिक महिला तथा पुरुषहरू भेला भएर चाण्डोकविरूद्ध आन्दोलन गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार एक महिलाले यौन दुर्व्यवहारको उजुरी दिन लागेकी छिन् । उद्योगमा कार्यरत् श्रमिक महिलाहरूलाई पटक–पटक दुर्व्यवहार गरेको र उनलाई अन्य महिलालाई पनि दुर्व्यवहार गरेको प्रहरीको दावी छ । एसपी जीसीका अनुसार इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेर चाण्डोकलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ ।

चाण्डोकले हालै रोजगारीका लागि उद्योगमा हाजिर भएकी महिला कर्मचारीसँग सिइओ चाण्डोकले व्यक्तिगत सोधखोज गर्ने, राति फोन गर्ने र काममा चित्त नबुझेको भन्दै कार्यालयमा भेट्न बोलाउने गरेको उजुरी प्रहरीमा परेको छ । तयारी कपडा उत्पादन गरी विदेश निर्यात गर्दै आएको ट्राइकोट इण्डष्ट्रिजमा ३५० जना भन्दा बढी मजदुर रहेकोमा आधा जसो महिला श्रमिक कार्यरत रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.