पहिरोका कारण नौबिसे-नागढुंगा सडक खण्ड अवरूद्ध
सांकेतिक तस्वीर
काठमाडौं । पहिरोका कारण नौबिसे नागढुंगा सडकखण्ड अवरुद्ध भएको छ। सडकखण्ड अन्तर्गत धादिङको धुनीबेसी नगरपालिका वडा नं ९ को खत्रीपौवा, बाहुनडाँडा लगायतका ठाउँका राजमार्ग अवरुद्ध भएको धादिङका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए।
अहिले राजमार्ग दुई तर्फि नै बन्द छ। सुख्खा पहिरोले अवरुद्ध सडकखण्ड सडक विभागको डोजरले खुलाउने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment