कारवाही नगर्न माग गर्दै नेपाल समूहका १४ सांसदद्वारा सचिवालयमा निवेदन
काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समूहका १४ सांसदहरुमाथि गरिएको कारवाही अवैधानिक भएको भन्दै कारवाही नगर्न संसद सचिवालयमा निवेदन दिएका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसहित १४ जना सांसदको कारवही गरेको पत्र मंगलबार संसद सचिवलयमा दर्ता गराएका थिए।
नेपाल समूहका सांसद मेटमणि चौधरीले अध्यक्ष ओलीको गरेको कारवाही गैरकानुन भएकाले आफूहरुले कारवाही नगर्न माग गर्दै संसद सचिवालयमा निवेदन दिएको बताए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment