लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाकाे सम्भावना, सतर्क रहन आग्रह
काठमाडौं । लुम्बिनी र सुदूरपश्चिमका एक दुई स्थानमा मेघ गर्जन चट्ट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले सबैलाई अनुरोध गरेको छ। महाशाखाले आफ्नो नियमित बुलेटिनमार्फत सतर्क रहन सबैमा आग्रह गरेको हो।
महाशाखाद्वारा जारी बुलेटिनमा भनिएको छ, ‘लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन÷चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेकोले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुँदा नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।’
हाल गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने अन्य प्रदेशहरूमा आंशिकदेखि र सामान्य बदली रहेको छ।बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ।न्यूनचापीय रेखा नेपाल भन्दा केही दक्षिण तिर रहेको छ। बंगालको खाडीको उत्तर पश्चिमी भागमा न्यूनचापीय प्रणाली रहेको छ।
आज दिनभर लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन÷चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment