अफगानिस्ताबाट उद्दार गरिएका १७ जना नेपाली र भारतीय युवा काठमाडौं उत्रिए
फाइल फाेटाे
काठमाडौं । अफगानिस्तानबाट रेस्क्यु गरिएका नेपाली र भारतीय गरी १७ जना युवा काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज(बुधबार) आइपुगेका छन्। अध्यागम विभागका सुदर्शन न्यौपानेका अनुसार उनीहरु अफगानिस्तानबाट कुबेत हुँदै नेपाल केही समय अगाडि आइपुगेका हुन् ।
केहिबेर अघि आएका १७ जना युवामा ९ जना नेपाली र ८ जना भारतीय रहेका छन् ।
त्यसैगरी, परराष्ट्र मन्त्रालयका अनुसार बुधबार रातिसम्म २ सय ८८ जना नेपालीको उद्धार गरिसकिएको छ । साथै, मन्त्रालयद्वारा जारी विज्ञप्तिका अनुसार हाल उनीहरूलाई सामाखुशीस्थित सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा स्वास्थ्य मापदण्डअनुसार कोभिड–१९ को परीक्षणलगायत प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment