पोखरीमा डुबेर बालिकाको मृत्यु
सांकेतीक तस्वीर
सप्तरी । सप्तरीको महादेवा गाउँपालिका–४ मा पोखरीमा डुबेर बुधबार एकजना बालिकाको मृत्यु भएको छ । स्थानीय सुवन कामैतको ५ वर्षिया छोरी सोनम कुमारी कामैतको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले प्रहरी प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए।
स्थानीय फुदन तिवारीको पोखरीमा आमासँग नुहाउन गएकी बालिकाको पोखरी डुबेर मृत्यु भएको हो । बालिकाको शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजबिराज ल्याएको तथा घटनाबारे थप अनुसान्धन भईरहेको प्रबक्ता काफ्लेले जानकारी दिए ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment