डिल्लीराम शर्मालाई सचिव पदमा बढुवा, यस्ता छन् मन्त्रिपरिषदको निर्णयहरु

डिसी नेपाल
३ भदौ २०७८ १८:५३
816
Shares

काठमाडौं । सरकारले डिल्लीराम शर्मालाई सचिव पदमा बढुवा गरेको छ । बिहीवार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई महारथी दर्जामा पदोन्नती गरी प्रधानसेनापति पदमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

सरकारले यही भदौ ७ गते सोमवार गाईजात्राका अवसरमा काठमाडौं उपत्यका तथा मुलुकभरका नेवार समुदायका लागि बिदा दिइने निर्णय गरेको सरकारका प्रवक्ता एवम् कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

सरकारले काठमाडौँ तराई–मधेश द्रुतमार्ग आयोजनाका लागि आवश्यक रहेका विभिन्न संरचनाको निर्माण गर्न मकवानपुरका कालभैरव र गौरीशङ्कर सामुदायिक वनमा परेका पाँच दशमलव २२ हेक्टर थप राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न र त्यहाँ रहेका रुख कटाउन स्वीकृती दिने निर्णय गरेको छ ।

त्यसैगरी भदौ १४ गते श्रीकृष्ण जन्माष्टमी पर्वका दिन मुलुकभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेन्द्र बिष्टले दिएको राजीनामा गएको साउन २२ गतेबाट लागु हुने गरीस्वीकृत गरेको प्रवक्ता कार्कीले जानकारी दिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *