मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

डिसी नेपाल
४ भदौ २०७८ २१:५०
388
Shares

सप्तरी । सप्तरीको भारदह सडकखण्डमा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।

राजविराज भारदह सडकखण्ड अन्तर्गत राजविराज नगरपालिका १५ स्थित खाँडो खोला नजिक अनियन्त्रित भई दुर्घटना हुँदा राजविराज नगरपालिका–११ झलही फर्सैठका २७ वर्षीय विनोद सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरी प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए ।

गम्भीर घाइते बिनोदको उपचारका क्रममा गजेन्द्रनारायण सिंह अस्पतालमा मृत्यु भएको प्रवक्ता काफ्लेले बताए । दुर्घटनामा परी मोटरसाइकलमा सवार २० वर्षीय गौतम सदा घाइते भएका छन उनो अवस्था सामान्य छ।

अर्का मोटरसाइकलमा सबार २१ वर्षीय धनराज सदा दुर्घटना भए लगत्तै फरार छन् । मृतकको शवलाई पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ । मोटरसाइकल चालकको यकिन हुन नसकेकोले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।मोटरसाइकलमा तिनजना सवार थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.