टंकप्रसाद– रमादेवी पाठक पत्रकारिता पुरस्कार बरिष्ठ पत्रकार जीवराम भण्डारीलाई

डिसी नेपाल
७ भदौ २०७८ २३:१५
504
Shares

काठमाडौं । अमेरिकाको टेक्ससमा रहेको हेम–सरिता फाउण्डेशनले टंकप्रसाद रमादेवी पाठक पत्रकारिता पुरस्कार २०७७ बरिष्ठ पत्रकार जीवराम भण्डारीलाई प्रदान गर्न भएको छ ।

तीन दशक अघिदेखि पत्रकारितामा रहेका भण्डारी छापा माध्यमबाट पत्रकारिता शुरु गरेर हाल टेलिभिजनका अन्तरवार्ताकारका रुपमा परिचित छन् ।पुरस्कारको राशि दुई हजार अमेरिकी डलर छ ।

सुशासन एवं भ्रष्टाचारबिरुद्ध कलम चलाउने तथा श्रव्यदृष्य माध्यममा रहेर उल्लेखनीय योगदान गर्ने पत्रकारलाई सो पुरस्कारद्वारा सम्मानित गरिदै आएको छ । एकदशक अघि स्थापित यो पुरस्कारबाट जीवेन्द्र सिंखडा, तीर्थ कोइराला, रविन्द्र मिश्र, शिव गाउँले, हरिबहादुर थापा, राजन शर्मालगायत सम्मानित भइसकेका छन् ।

यस बर्ष तीर्थ कोइरालाको संयोजनमा बरिष्ठ पत्रकार जिवेन्द्र सिंखडा, शिव गाउँले तथा फाउण्डेशनका प्रतिनिधि रहेको पुरस्कार छनौटसमिति गठन गरिएको थियो।

अमेरिकामा रहेर व्यवसाय पेशामा संलग्न हेम पाठक र सरिता पाठकले फाउण्डेशनको स्थापना गरेका हुन् । टंकप्रसाद रमादेवी साधना पुरस्कार, टंकप्रसाद रमादेवी प्रोत्साहन पुरस्कारकोभिड १९ ले उत्पन्न गरेको असामान्य अवस्थाका कारण हाललाई स्थगित गरिएको र स्थिती सामान्य हुनासाथ पुन शुरु गरिने फाउण्डेसनले जनाएको छ।

२०७७ कोहेम सरिता संगीत पुरस्कार र भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय कविता प्रतियोगिताको घोषणा यस अघिनै भइसकेको छ । घोषित पुरस्कारहरु उपयुक्त समय मिलाएर छिटै हस्तान्तरण गरिने छ ।

फाउण्डेशनका अनुसार काठमाडौंको घुमारचोक स्थित उग्रतारा माध्यमिक विद्यालयको १२ कोठाको भवन निर्माण र छात्रवृत्तिमा पनि सहयोग गरि बन्द हुने अबस्थाबाट जोगाएर दश बर्ष पछि समुदायलाई हस्तान्तरण गरि सकिएको छ ।

सोही ठाउँका विपन्न परिवारको उत्थनका लागि करिब २० लाखको लागतमा आय आर्जनका काममा सघाउ पुर्‍याएको छ। यसैगरी झापाका १२ विद्यार्थीलाई विद्यालय शिक्षामा र बाजुराका ३ जना छात्रछात्रालाई छात्रवृत्तीमा ओभरसियर सम्मको अध्ययनमा सहयोग गर्दै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.