यी स्थानहरूमा हुँदै छ भारी वर्षा सतर्क रहन महाशाखाकाे आग्रह

डिसी नेपाल
११ भदौ २०७८ ६:३०
1.4k
Shares

काठमाडौं । देशभरका विभिन्न स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले सचेत रहन आग्रह गरेको छ। आफ्नो दैनिक बुलेटिनमार्फत नदीनाला र खहरे खोलामा पानीको बहाव बढ्न सक्ने भन्दै सतर्क रहन आग्रह गरेको हो।

महाशाखाद्वारा जारी बुलेटिनमा भनिएको छ, ‘प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै र बाँकी प्रदेशका एकदुई स्थानहरुमा मेघगर्जन÷चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। साथै यी प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको र पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ।’

हाल गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा सामान्य बदली रहेको छ। प्रदेश १, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन÷चट्याङ्गसहित हल्का देखि मध्यम खालको वर्षा भइरहेको पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

महाशाखाका अनुसार आज दिउसो प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै र बाँकी प्रदेशका एकदुई स्थानहरुमा मेघगर्जन चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।

हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्युन चापिय रेखा नेपालको तराई भूभागको नजिक रहेको पूर्वानुमान महाशाखाले जनाएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.