चाक्सीबारीमा पौडेल समूहको भेला, जिल्ला सभापितकाे अनसनप्रति ऐक्यवद्धता

डिसी नेपाल
११ भदौ २०७८ ११:०९
124
Shares

काठमाडौं। नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल समूहका शिर्ष नेताहरुको बैठकले जिल्ला सभापतिको रिले अनसनप्रति ऐक्यवद्धता जनाएको छ।

नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा शुक्रबार विहान बसेको पौडेल समूहको बैठकले जिल्ला सभापतिपहरुले राखेको माग जायज भएको भन्दै उनीहरुको मागप्रति ऐक्यवद्धता जनाउने निर्णय गरेको हो। भेलाले १४ औँ महाधिवेशनका विषयमा आफनो रणनीतिका विषयमा पनि छलफल गरेको थियो।

बैठकले क्रियाशील सदस्यताको प्रतिवेदन निर्वाचन समितिलाई बुझाउनु भन्दा पहिले आफूहरुले प्रतिवेदन हेर्न पाउनुपर्ने निष्कर्षपनि निकालेको महामन्त्री डा. शशांक कोइराला निकट स्रोतले जानकारी दिएको छ। काँग्रेसले विहीबार मात्र ३८ जिल्लाको क्रियाशील सदस्यको नामावली केन्द्रीय निर्वाचन समितिलाई बुझाइसको छ ।

आजको छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, कोषाध्यक्ष सितादेवी यादव, पूर्वसहमहामन्त्रीद्वय अर्जुननरसिंह केसी, रामशरण महत, नेताहरु बलबहादुर केसी, शेखर कोइराला, दिलेन्द्र बडू र मिनेन्द्र रिजाल सहभागी थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *