बिहीबारबाट भएकाे वर्षाका कारण नवलपरासी जलमग्न (हेर्नुहाेस् फाेटाेमा)

डिसी नेपाल
११ भदौ २०७८ ११:४३
4
Shares

काठमाडौं । लगातार वर्षाका कारण नवलपरासी जलमग्न भएको छ। बिहीबार रातिदेखि परेको पानीले नवलपरासी डुमानमा परेको हो।

पछिल्लो समय मनसुन सक्रिय हुँदा तराईका जिल्लाहरु डुबानमा पर्न थालेका छन्। नवलपरासी, रुपन्देही, बाँकेको नेपालगञ्ज लगायतको तराईँक्षेत्र डुबानमा परेको हो।

बिहीबारदेखि परेको पानी अझै पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मौसम आइतबारसम्म लगातार बदलीरही केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

तस्वीर : महेश पाण्डे / चितवन


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *