देउवासँग आजै निर्णायक वार्ता गर्ने पौडेल समूहको निर्णय
काठमाडौं। नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले वडा अधिवेशन अगाडि सबै जिल्लाहरुको क्रियाशील सदस्यताको सबै प्रतिवेदन सार्वजानिक गर्न सभापति शेरबहादुर देउवासँग निर्णायक वार्ता गर्ने निर्णय गरेकाे छ।
शुक्रबार विहान नेता प्रकाशमान सिंहकाे निवास चाक्सीबारीमा बसेकाे पाैडेल समूहकाे बैठकले सभापति देउवासँग निर्णायक वार्ता गर्ने निर्णय गरेकाे नेता बलबहादुर केसीले जानकारी दिए।
‘वडा अधिवेशनको मिति नजिक आइसक्यो,तर बिहीबार सभापतिजीले ३७ जिल्लाको मात्र क्रियाशील सदस्यताको सूचि निर्वाचन समितिलाई बुझाउनु भएको छ। हाम्रो माग भनेको सबै जिल्लाको सदस्यहरु एकै साथ सार्वजानिक गर्ने र धर्नामा बसेका जिल्ला सभापतिहरुसँग संवाद गरी अधिवेशनको सुनिश्चित गराउन आज साँझ सात बजे पदाधिकारी र पूर्वपदाधिकारीसँग बैठक बस्ने निर्णय भएको छ,’ केसीले डिसी नेपालसँग भने।
तीन बुँदे सर्त सहित मंगलबारदेखि जारी जिल्ला सभापतिहरुको धर्नालाई यो समूहले ऐक्यवद्धता जनाइसकेको छ।
पाैडेल समूहकाे बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल,महामन्त्री डा.शशांक कोइराला,पूर्वमहामन्त्री प्रकाशमान सिंह,नेताहरु डा.शेखर कोइराला,अर्जुननरसिंह केसी, बलबहादुर केसी,डा.मिनेन्द्र रिजाल सहभागी थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment