बानाको मैत्रीपूर्ण फुटवल खेलमा नेपाली दूतावास विजयी (तस्वीरसहित)
वासिंगटन डिसी। अमेरिकास्थित नेपाली दूतावास र बाल्टिमोरमा बस्ने नेपालीहरुको संस्था बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका(बाना) का बीचमा मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ।
अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडाले मैदानको बीचबाट फुटवल हानेर उद्घाटन गरेको सो खेलमा नेपाली दूतावासले बानालाई ९ गोल लगाई पराजित गरेको थियो । बानाले जम्मा ४ गोल फर्काएको थियो।

दूतावासका तर्फबाट नियोग उपप्रमुख सहसचिव कुमार खरेल टिम क्याप्टेन थिए भने बानका तर्फबाट खेलकुद विभागका प्रमुख दमनविक्रम शाह क्याप्टेन थिए।
बाल्टिमोर काउण्टीको मिडोउड रिजनल पार्कको खेल मैदानमा सम्पन्न सो मैत्रीपूर्ण खेलमा विजयी टिमलाई राजदूत डा. खतिवडाले ट्रफी तथा प्रमाणपत्र वितरण गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै बाल्टिमोरस्थित नेपालीहरुको संस्था बानाले मैत्रीपूर्ण खेलमार्फत नेपाली दूतावास र यहां रहेका नेपालीहरुबीच सुमधुरता कायम गरेकोमा राजदूत खतिवडाले बानाको प्रसंसा गरेका थिए।

कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीका अमेकिाज् क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठीले बानाले बाल्टिमोरवासी नेपाली समुदायलाई विभिन्न कार्यक्रमहरुका माध्यमबाट जोड्ने काम गरेकोप्रति खुसी व्यक्त गर्दै एनआरएनएका तर्फबाट साथ सहयोग रहने बताएका थिए।

बानका अध्यक्ष सुवोधविलास पन्तको अध्यक्षतामा भएको समापन समारोहमा मेरिल्याण्डमा रहेका नेपालीहरुमा थुप्रै संघसंगठनका प्रतिनिधिहरुको पनि उपस्थिति थियो।




No ads found for this position

डिसी नेपाल
Facebook Comment