स्थगित लाइसेन्स परीक्षा भदौ २० देखि सुरु हुने
काठमाडौं । बागमती प्रदेश अन्तर्गत यातायात व्यवस्था कार्यालयले कोरोना भाइरस महामारीका कारण स्थगित गरिएको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को लिखित तथा प्रयोगात्मक (ट्रायल)परीक्षा भदौ २० देखि सञ्चालन गर्ने भएको छ।
यातायात व्यवस्था कार्यालयले आज एक सूचना जारी गरी लिखित तथा प्रयोगात्मक परीक्षा भदौ २० गते आइतबारदेखि सञ्चालन गर्न लागेको जनाएको छ ।
प्रयोगात्मक परीक्षाका लागि आवेदन दिई बायोमेट्रिक गरेका लिखित परीक्षामा संलग्न हुने सम्पूर्ण परीक्षार्थीहरू, लिखित परीक्षा दिई प्रयोगात्मक परीक्षा (ट्रायल)मा सहभागी हुने सम्पूर्ण परीक्षाहरू र कार्यालयमा उपस्थित भई वर्ग थपको लागि राजश्व बुझाइसकेका सेवाग्राहीलाई सेवा लिन आउन कार्यालयले अनुरोध गरेको छ।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment