हाम्रा विविध मौलिक संस्कृतिका आ–आफ्नै महत्व र मूल्य छन् : प्रधानमन्त्री

डिसी नेपाल
१४ भदौ २०७८ ६:४०
96
Shares

काठमाडाैं। प्रधानमन्त्री शेरबहादुर देउवाले हाम्रा विविध मौलिक संस्कृतिका आ–आफ्नै महत्व र मूल्य भएको बताएका छन्।

श्रीकृष्ण जन्माष्टमी तथा सुदूरपश्चिम र कर्णाली प्रदेशमा मनाइने धार्मिक र सांस्कृतिक महत्वको गौरा पर्वका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्रीले नेपालका मौलिक पर्वले विभिन्न जातजाति, क्षेत्र र समुदायलाई एकसूत्रमा बाँध्दै आएको उल्लेख गरेका छन्।

श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धिसँगै धार्मिक सहिष्णुता, सद्भाव र भाइचारका लागि प्रधानमन्त्रीले शुभकामना व्यक्त गरेका छन्।

“श्रीकृष्ण जन्माष्टमी तथा गौरा पर्वले राष्ट्रिय एकताको भावना थप प्रबल होस् भन्ने सबैमा शुभकामना व्यक्त गर्दछु,” प्रधानमन्त्रीले सन्देशमा भनेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *