विवेकशील साझा पार्टी पनि फुटकाे संघारमा
काठमाडौं। सरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेशको फाइदा उठाउँदै देशकै ठूलो पार्टी नेकपा एमाले र चौथो शक्ति जनता समाजवादी पार्टी फुटेको केही दिनमै अब विवेकशील साझा पार्टी पनि फुट्ने अवस्थामा पुगेको छ ।
स्रोतका अनुसार पार्टी अध्यक्ष रवीन्द्र मिश्र छुट्टिने पक्षमा छन् । उनी पार्टीलाई सकेसम्म कम क्षति गरेर विभाजित हुने पक्षमा छन् तर पूर्व विवेकशील पक्षमा नेताहरुले भने पार्टी विभाजन गर्न मानिरहेका छैनन् । ‘रवीन्द्रजी पार्टीलाई लेस ड्यामेज हुनेगरी छुट्टिने पक्षका हुनुहुन्छ तर अरु साथीहरुले मानिरहनुभएको छैन’ स्रोतले भन्यो ।
Rabindra Mishra ji ‘ s desire to break the Party is now unveiled. I feel really distressed at the moment. The unethical move, unprofessional attitude to back out from the agreement paper which he himself had signed makes me feel more furious.
Anyway, I shall convert this furious
— Ranju Darshana (@ranju_darshana) August 30, 2021
अहिले पार्टी विभाजन गर्ने वा नगर्ने भन्ने विषयमा छलफल गर्नको लागि बैठक बसिरहेको छ । केही दिनअघि रवीन्द्र मिश्रले ल्याएको धर्म र राजतन्त्रको पक्षको अवधारणाका कारण पार्टीमा फुटको बीउ रोपिएको मानिएको छ । पार्टीका अन्य नेताहरु रवीन्द्रलाई त्यो अवधारणा फिर्ता लिन दबाब दिइरहेका छन् ।
यही बीचमा पार्टीकी नेतृ तथा बागमती प्रदेश संयोजक रञ्जु दर्शनाले ट्वीट गर्दै रवीन्द्र मिश्रको पार्टी विभाजन गर्ने चाहना अब खुलस्त भएको बताएकी छिन् । मिश्रको अनैतिक कदम, अव्यवसायिक व्यवहार र आफैंले हस्ताक्षर गरेको सहमतिबाट पछि हट्नुले आफूलाई आक्रोशित बनाएको बताउँदै उनले यो समय आफू दिक्क भएको बताएकी छिन् ।







डिसी नेपाल








Facebook Comment