काँकडभिट्टा नाकाबाट भारतीय नागरिक आवतजावत गर्न पाउने

डिसी नेपाल
१४ भदौ २०७८ २१:५२
1.5k
Shares

काँकडभिट्टा । कोभिड १९ को महामारीका कारण चार महिना अघिदेखि भारतीय नागरिकलाई काकडभिट्टा नाकाबाट आवतजावत रोकिएकोमा सोमबारबाट प्रवेश अनुमति दिइएको छ ।
जिल्ला प्रशासन कार्यालय झापाका अनुसार पूर्वी नाका काँकडभिट्टामा भारतीय नागरिकले खोप कार्ड वा पीसीआर नेगेटिभ रिपोर्ट देखाएको आधारमा नेपाल प्रवेश गर्न अनुमति दिइएको हो ।

झापाका प्रमुख जिल्ला अधिकारीले श्रवणकुमार तिम्सिनाले आवश्यकता र औचित्यका आधारमा कोरोना विरुद्धको खोप लगाएको कार्ड र पीसीआर नेगेटिभ रिपोर्ट भएका भारतीय नागरिकलाई नेपाल आउन दिइएको बताए ।
यस अघि काँकडभिट्टा नाकामा भारतीयलगायत विदेशी नागरिकलाई नेपाल प्रवेशमा रोक लगाइएको थियो । सीमावर्ती क्षेत्रका आँखा अस्पतालमा उपचारका लागि मात्र भारतीयलाई आउन दिइएको थियो ।
मेची उद्योग वाणिज्य सङ्घ र होटल व्यवसायी सङ्घले उद्योग व्यापारमा नकारात्मक असर परेकोले काकडभिट्टा नाका खुलाउन माग गर्दै आएका थिए । झापाका व्यवसायीले आइतबार नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा र मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई नाका खुलाउन पहल गरिदिन भन्दै ज्ञापन पत्र बुझाएका थिए । जनप्रतिनिधि र व्यापारिक बर्गको दवावका कारण स्थानीय प्रशासनले नाकामा आवतजावत गर्न दिन थालेको हो ।

भारतीयहरुलाई नेपाल तर्फ आउन रोक लगाइएपनि काँकरभिट्टा नाका प्रयोग गरेर भारत जाने नेपालीलाई भने पीसीआर नेगेटिभ रिपार्ट र कोरोना विरुद्धको खोप कार्डका आधारमा पहिल्यैदेखि अनुमति दिँदै आएको थियो ।
भारतको पश्चिम बङ्गालको सिलिगुढीमा उपचारका लागि र बागडुग्रा विमानस्थल जानका लागि नेपालीले सहज अनुमति पाउँदै आएका थिए ।

झापाको काँकडभिट्टाबाहेकका नाकाहरु भद्रपुर, गौरीगञ्ज, कुञ्जिबारी, टाघनडुब्बा र केचनाबाट भने आवत जावत गर्न अझै दिइएको छैन । भद्रपुरका व्यापारीहरुले पनि पटक पटक आफूलाई पायकपर्ने नाका खोल्न अनुरोध गर्दै आएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.