बालबालिकालाई नियमित खोप दिन नभुलौंः स्वास्थ्य मन्त्रालय

डिसी नेपाल
१५ भदौ २०७८ २१:४२
112
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिकालाई नियमित खोप लगाउन आग्रह गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै १५ महिनाभन्दा मुनीका बालबालिकालाई नियमित विभिन्न रोगविद्धको खोप लगाउन आग्रह गरेको हो ।

मन्त्रालयले महामारीको समयमा धेरै अभिभावकले बालबालिका लागि दिनुपर्ने खोप नदिएको पाइएकाले खोप नछुटाई दिन अनुरोध गरेको हो ।

मन्त्रालयले नियमित खोप नलगाउँदा दीर्घकालिन रूपमा विभिन्न संक्रामक रोगको संक्रमण, मृत्युदर र अपाङ्ग हुने दर बढ्ने भएकोले बालबालिकालाई उमेर अनुसारको नियमित खोप लगाउनुपर्ने जनाएको छ ।

मन्त्रालयले जन्मिन वित्तिकै विसिजी खोप, ६ हप्ताभित्रमा रोटा, पोलियो, एफआइपिभि, पिसिभि, डिपिटी, हेप बी–हिब, नौ महिनामा पिसिभि, दादूरा–रूवेला, १२ महिनामा जापानीज इन्सेफ्लाइटिस र १५ महिनामा दादुरा–रूवेला खोप लगाउन भनेको छ ।

मन्त्रालयले कोभिड–१९ को बन्दाबन्दी (लकडाउन)का बीचमा पनि नियमित खोप सञ्चालन भएको जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.