डेढ महिनापछि प्रतिपक्षी नेतासँग सम्वादमा देउवा, दूत बनेर कानुन मन्त्रीले ओली र नेम्वाङ भेटे

डिसी नेपाल
१६ भदौ २०७८ १२:५६
1.3k
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको दूत बनेर कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रमुख प्रतिपक्षी दलका नेतासँग भेटघाट गरेका छन् । हिजो अपरान्ह नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई भेटेका कार्कीले साँझ अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेका छन्।

‘प्रतिपक्षसँग सम्बन्धका बारेमा कुराकानी गर्न कानुन मन्त्रीज्यू मेरो कार्यकक्षमा आउनु भएको थियो। साँझ पार्टी अध्यक्षज्यूसँग कुराकानी गर्नु भयो,’ नेम्वाङले, ‘सरकार र प्रतिपक्ष दलबीचका सबन्ध कसरी मजबुत बनाउने भन्ने बिषयमा छलफल भयो।’

एमालेले रचानात्मक प्रतिपक्षको भूमिका निभाउने तर सरकारले प्रतिपक्षसँग सबन्ध सुधारमा त्यति चासो नदिएको गुनासो नेम्वाङले गरेका थिए। प्रतिपक्ष पनि राज्यको स्थायी सत्ता भएकाले महत्वपूर्ण बिषयमा छलफल नगरी निर्णयमा नपुग्न आफूहरुले भनेको नेम्वाङको भनाइ छ।

सरकार गठन भएको झन्डै डेढ महिनापछि प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्ष दलसँग सबन्ध विस्तारका लागि कानुन मन्त्रीलाई एमाले संसदीय दलको कार्यालय र बालकोटस्थित ओली निवासमा पठाएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.