ब्याडमिन्टन छाडेर सोखका लागि रजतपट प्रवेश गर्ने अभिनेत्री

डिसी नेपाल
१६ भदौ २०७८ १३:५०
340
Shares

काठमाडौं। अभिनेत्री दीपिका पादुकोण फिल्म क्षेत्रमा आउनुअघि ब्याडमिन्टन खेलाडी थिइन् । उनी खेल क्षेत्रमै करिअर बनाउन चाहन्थिन् । विज्ञापन निर्माता प्रसाद बेडप्पासँग उनको चिनजान थियो।

१२ कक्षामा पढ्दाताका बेडप्पाले दीपिकाको एउटा फोटो सुट गरिदिए । त्यसबारे भारतीय मिडियासँग कुराकानी गर्दै उनले भनेकी थिइन्, ‘फोटो सुटको रिजल्ट राम्रो आयो । फोटो सुटपछि मैले केही विज्ञापनमा काम गर्ने मौका पाएँ।’

सोखका लागि अभिनय गर्न थालेकी दीपिकालाई यही काममा रस बस्न थाल्यो। खेल क्षेत्रमा करिअर बनाउने सपना त्यागेर उनी अभिनयमा रम्न थालिन् । ‘बुबासामु आफ्नो इच्छा प्रकट गर्दा उहाँले ‘हुँदैन’ भन्नुभयो,’ दीपिकाले भनिन्, ‘बुबाले तिमी ब्याड्मिन्टन राम्रो खेल्छौ, यसमै करिअर बनाऊ, पछि तिम्रो बहिनीले पनि खेलमै करिअर बनाउनेछिन्’ भन्नुभयो ।’

बुबाले प्रस्ताव अस्वीकार गरेपछि दीपिकाले आमासँग कुरा गरिन् । ‘यदि अभिनयमा सफल हुन सकिनँ भने फर्केर खेलकुदमा आउँछु’ आमालाई भनेँ,’ उनले भनिन् । आमाले छोरीलाई अभिनयमा जान दिन श्रीमान्लाई कन्भिन्स गरिन् । बुबा मानेपछि दीपिका एक्लै मुम्बई गइन् ।

विभिन्न प्रोडक्सन हाउसमा बेडप्पाले गरेको फोटो सुटको पोर्टफोलियो हालिन् । सन् २००५ मा उनले गायक हिमेश रेसमियाको म्युजिक भिडियो ‘नाम है तेरा’ मा काम गर्ने अवसर पाइन् । सन् २००६ मा कन्नड फिल्म ‘ऐश्वर्या’मा काम गरिन् । यसै क्रममा उनको भेट फराह खानसँग भयो । सन् २००७ मा दीपिकाले अभिनेता शाहरुख खानसँग फिल्म ‘ओम शान्ति ओम’मा काम गर्ने मौका पाइन् ।

यिनै दीपिका यतिबेला हलिउडमा कमब्याक गर्दैछिन् । साढे चार वर्षअघि दीपिकाले भिन डिजेलसँग ‘ट्रिपल एक्स रिटर्न अफ जेन्डर केज’ खेल्दै हलिउडमा पाइला चालेकी थिइन् । यसपछि बलिउड फिल्ममै व्यस्त रहेकी उनी अमेरिकाको फिल्म निर्माण कम्पनी ‘एसटिएक्स फिल्म्स्’ ले निर्माण गर्ने रोमान्टिक कमेडी फिल्ममा काम गर्दैछिन् ।

दीपिकाले अन्तरसांस्कृतिक रोमान्टिक कमेडी निर्माणसँगै अभिनय पनि गर्ने भएकी छिन् । दीपिकाको प्रडक्सनले हलिउडको टेम्पल हिल प्रडक्सनसँग सहकार्य गर्नेछ । टेम्पल हिल प्रडक्सनले यसअघि ‘ट्वाइलाइट’ फ्रेन्चाइज र ‘फल्ट इन आवर स्टार्स’ निर्माण गरिसकेको छ । दीपिकाले ‘छपाक’सँगै आफ्नो प्रडक्सन सुरु गरेकी थिइन् । साथै, उनले अमिताभ बच्चनलाई लिएर रबर्ट डि निरो अभिनित इन्टर्न’को पनि रिमेक गरिरहेकी छिन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *