दाङमा खोलाले कार बगाउँदा चार जनाको मृत्यु

डिसी नेपाल
१७ भदौ २०७८ ७:४७
152
Shares

दाङ । दाङमा खोलाले कार बगाउँदा चार जनाको मृत्यु भएको छ। घोराही-लमही सडक खण्डअन्तर्गत गोग्लीस्थित सिस्ने खोलाले कार बगाउँदा घोराही-१३ की ४० वर्षीया रीतामाया पुन, सोही ठाउँकै ३२ वर्षीया शुशीला श्रेष्ठ, घोराही-१४ की ३१ वर्षीया राधा कुवँर र सोही ठाउँकै ४२ वर्षीया यमुना केसीको मृत्यु भएको हाे।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले गएराति १० बजेतिर प्रदेश प्र.३-०१-०२४ च ४४४० को कारलाई खोलाले बगाएको जानकारी दिए। कारमा पाँच जना सवार रहेको र चालक घोराही-१५ का नरबहादुर पुनलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।

खुट्टा भाचिएको अवस्थामा चालक पुनलाई उद्धार गरिएको रिजालले बताए । मृतक चारै जनाको शब पोस्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.