पूर्वसचिव रेग्मीको निधन
काठमाडाैं। नेपाल सरकारका पूर्वसचिव श्रीकान्त रेग्मीको आज बिहान ७१ वर्षको उमेरमा निधन भएको छ । केही वर्षदेखि मिर्गौला र मधुमेह रोगबाट पीडित रहनुभएका उनको आज बिहान शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो।
लामो समयसम्म गृहसचिव रहेका उनी एक कुशल प्रशासकका रूपमा चिनिन्छन्। उनका प्रशासन सुधारसम्बन्धी थुप्रै लेख, रचना तथा अन्तर्वार्ताहरु प्रकाशन, प्रसारण भएका छन्।
उनकी श्रीमती र दुई छोरा छन्। छोरा विदेशमा रहेकाले उनी स्वदेश फर्केपछि मात्रै अन्तिम दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment