तीजमा पशुपतिनाथको दर्शन गर्न पाइने

डिसी नेपाल
१८ भदौ २०७८ १६:३४
4
Shares

काठमाडौं । तीजमा पशुपतिनाथको दर्शन गर्न पाइने भएको छ।

कोरोना भाइरस महामारीका कारण बन्द रहेको पशुपतिनाथ मन्दिरमा नियमित दर्शन एवं पूजाका लागि खुला गर्ने तयारी गरिएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले पशुपति क्षेत्र विकास कोषलाई आवश्यक स्वास्थ्य मापदण्ड पूरा गरेर मन्दिरमा पूजा गर्नका लागि खुला गर्न सकिने जनाएको छ। शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले विज्ञप्ति जारी गरी स्वास्थ्य मापदण्ड अपनाएर मन्दिरमा पूजाआजा गर्न सकिने जनाएको हो।

कोषले पशुपतिमा नियमित पूजा सञ्चालन गर्नेबारे तयारी थालेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *