अवैध यार्साकाे काराेबार गर्ने ४ जना पक्राउ

डिसी नेपाल
१८ भदौ २०७८ १७:२१
92
Shares

काठमाडौं । अवैध रुपमा यार्सागुम्बाको कारोबार गर्ने ४ जना पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाले सामाखुसीबाट ४ जनालाई पक्राउ गरेको हो।

गोप्य सूचनाका आधारमा महानगरीय अपराध महाशाखाको विशेष प्रहरी टोलीले सामाखुसीबाट गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका ३ घर भई हाल काठमाडौँको मित्र नगर बस्ने ४८ वर्षीय डुण्डुप गुरुङ, लमजुङ जिल्लाको मस्र्याङदी गाउँपालिका ६ बाहुनडाँडा घर भई काठमडौंको नयाँ बसपार्क बस्दै आएका ५० वर्षीय बेल बहादुर थापा, लमजुङ जिल्लाको बेशीसहर नगपालिका ११ चिती घर भई हाल काठमाडौंको बाँनियाटार बस्ने ४० वर्षीय कृष्ण परियार र प्युठान जिल्लाका खलंगा नगरपालिका ११ गजुरी घर भई हाल काठमाडौंको तारकेश्वर बस्दै आएका ४७ वर्षीय दान बहादुर जि।सीलाई पक्राउ गरेको हो।

डुण्डुप गुरुङले बिक्री गर्ने उद्देश्यले लुकाई छिपाई राखेको अवस्थामा कोठा खानतलासी गर्दा १ किलो ८ सय ५० ग्राम यार्सागुम्बासहित उनीहरूलाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बरामद गरेको यार्सागुम्बाको मूल्य अन्दाजी ८ लाख रुपैयाँ पर्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *