पर्वत पहिरो : चार जिल्लाको सम्पर्क विच्छेद, हेलिकोप्टरबाट बिरामीको उद्धार

डिसी नेपाल
१८ भदौ २०७८ १७:२६
364
Shares

काठमाडौं । अविरल वर्षापछि आएको पहिरोले गण्डकी प्रदेशका चार जिल्लाको सम्पर्क विच्छेद भएको छ। शुक्रबार बिहान पर्वतको कुश्मा नगरपालिकाका विभिन्न सात ठाउँमा पहिरो जाँदा बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङको सडक, बिजुली र सञ्चार सेवा विच्छेद भएको हो।

बाटो अवरुद्ध भएपछि धौलागिरी अस्पताल बागलुङबाट गम्भीर बिरामीलाई हेलिकोप्टरबाट उद्धार गरी पोखरा लगिएको छ।

कुश्मा नगरपालिका–३ दुर्लुङमा दुईजनाको पहिरोले मृत्यु भएको छ। तीनजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ। सोही ठाउँमा गोठ पुरिएर एक महिलाको मृत्यु भएको छ।

यस्तै, कुश्मा नगरपालिका–८ पकुवामा दुईको मृत्यु भएको छ। घटनाको पूर्ण विवरण आउन बाँकी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.