भन्सार छलेर ल्याइएको ७५ लाखभन्दा बढीको औषधी बरामद

डिसी नेपाल
१९ भदौ २०७८ २०:५२
36
Shares

सिरहा । सिरहा प्रहरीले भारतबाट भन्सार छलेर ल्याउँदै गरेको ७५ लाखभन्दा बढी मूल्यको औषधी बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलिले शनिबार बिहान लहान–ठाँडी सडकअन्तर्गत लहान नगरपालिका–१९ कटहाचौकबाट लु१स ८००७ नम्बरको अट्टोसहित ७५ लाख ५६ हजार ८ सय मूल्य बराबरको भन्सार छलेको औषधी बरामद गरेको हो।

गस्तीमा रहेको प्रहरीलाई देखेर अट्टो चालक भागेपछि खानतलासी गर्दा रेकल(के २(७ नामक औषधी १५ कार्टुन, वेथोकल टेवालेट १० कार्टुन र क्यारेकल नामक ट्याब्लेट ५ कार्टुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहका सूचना अधिकारी सुवास बुढाथोकीले बताए ।

अट्टोसहित बरामद औषधी कारबाहीको लागि भन्सार कार्यालय ठाँडी पठाइएको प्रहरीले जनाएको छ । बरामद औषधी र गाडी कसको हो भन्ने पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.