७ हजार ९७१ जनाको परीक्षण गर्दा १ हजार ८९ जनामा कोरोना संक्रमण
काठमाडौं । गत २४ घण्टामा नेपालमा ७ हजार ९७१ जनाको परीक्षण गर्दा १ हजार ८९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १ हजार ५३४ जना निको भएर घर फर्केका छन्।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ५हजार १७० पीसीआर परीक्षण गर्दा ९७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै २ हजार ८०१ परीक्षण गर्दा ११३ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।
गएको २४ घण्टामा २० जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार अाइतबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ८३८ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार २४८ जना रहेको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment