सीआईबीको इन्सपेक्टर हुँ भन्दै धम्क्याउने युवक पक्राउ
बाँकेको कोहलपुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रहरी निरीक्षक (इन्सपेक्टर) हुँ भन्दै धम्क्याउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
बाँकेको कोहलपुर नगरपालिका ११ बसपार्क क्षेत्रका होटलहरुमा आफूलाई सीआइबीको इन्स्पेक्टर हुँ भन्दै धम्की दिइरहेको अवस्थामा प्रहरीले ती युवकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सल्यान दार्माकोट गाउँपालिका २ का दिपेन्द्र रोकाय छन् । उनलाई इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
धम्क्याएको भन्ने उजुरीपछि प्रहरीले उनलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ। उनले होटल तथा पसलहरूमा धम्क्याउँदै सर्वसाधारणलाई अनावश्यक हैरानी दिइरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले फेला पारेको थियो।
उनीमाथि आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment