संखुवासभामा एकै परिवारका ६ जनाको हत्या, शव खोल्सा र बारीमा छरिएका भेटिए

डिसी नेपाल
२१ भदौ २०७८ १२:२०
2.2k
Shares

काठमाडौं । संखुवासभामा गए राती एकै परिवारका ६ जनाको हत्या भएको छ ।

मादी नगरपालिका–१ खोला गाउँका तेजबहादुर कार्कीको परिवारका ६ जनाको हत्या भएको प्रहरीले जनाएको छ । धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा शव फेला परेको संखुवासभाका प्रहरी नायव उपरीक्षक (डीएसपी) लालध्वज सुवेदीले पुष्टि गरेका छन् ।

उनका अनुसार अहिले थप प्रहरी घट्नास्थलमा जाँदै गरेको छ । हत्या गरिएको शब खोल्सा र बारीमा छरिएर रहेको अवस्थामा भेटिएका छन् ।

हत्या हुनेमा ५८ वर्षीय तेज कुमार कार्की (हजुरबुवा), ५१ वर्षीय मन माया कार्की (हजुरआमा), २६ वर्षीय रञ्जना घिमिरे कार्की (बुहारी), ९ वर्षीय दिपने कार्की (नाति) र ३ वर्षीय गोमा कार्की (नातिनी) रहेका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.