श्रीमतीले ‘गर्भवती छु’ भनिन्, २ वर्षअघि बन्ध्याकरण गरिसकेका श्रीमानको होस उड्यो

डिसी नेपाल
२१ भदौ २०७८ १३:१६

काठमाडौं। एक व्यक्तिलाई उनकी पत्नीले आफू गर्भवती भएको जानकारी दिएपछि उनी झस्किए । यस्तो यसकारण भयो किनकि ती पुरुषले २ वर्षअघि स्थायी बन्ध्याकरण भ्यासेक्टोमी गराइसकेका थिए । यो घटनापछि उनले सल्लाहको लागि सामाजिक पराशर्म साइट रेडिटको सहारा लिएका छन् । डेली स्टारका अनुसार यी व्यक्तिले रेडिटमा सल्लाह माग्दै प्रश्न गरेका छन् कि यो बच्चा वास्तवमा उनको हो कि होइन ।

रिलेशनसिप फोरममा उनले लेखेका छन् ‘मेरी पत्नीले बताइन् कि उनी गर्भवती छिन् । तर, मैले २ वर्षअघि भ्यासेक्टोमी गराएको थिएँ । यो बच्चा मेरै हुने कति सम्भावना छ ? के उनको अरु कोहीसँग पनि सम्बन्ध हुन सक्छ ? धेरै समयदेखि हामी एकसाथ बसिरहेका छौं र हामी धेरै राम्रोसँग संवाद गर्छौं । मलाई विश्वास लाग्दैन कि उनले मलाई धोका दिइन् होला । तर, बन्ध्याकरणपछि मलाई यकिनका साथ थाहा छैन कि गर्भवती हुने कति सम्भावना छ ।’

उनले अनलाइनमा यस विषयमा मिश्रित रिभ्यु पाएको बताउँदै अहिले आफूले टुक्रिएको महसुस गरिरहेकोले सहयोग गर्न भनेका छन् । उनको पोस्टले ११ सयभन्दा धेरै भोट पाएको छ र सयौंले उनलाई सल्लाह दिएका छन् । धेरैजसोले उनलाई पत्नीमाथि आरोप लगाउनुभन्दा पहिले आफ्नो स्पर्म काउन्टको जाँच गराउन भनेका छन् । उनलाई डाक्टरहरुले पनि सल्लाह दिएका छन् ।

केहीले प्रतिक्रिया दिँदै आफूले यसअघि पनि पुरुष स्थायी बन्ध्याकरण विफल भएका व्यक्तिहरु देखेको बताएका छन् । एक युजरले लेखेका छन् ‘म एक डाक्टर हुँ । मेरा एक बिरामी थिए जसकी पत्नी पतिको बन्ध्याकरणपछि पनि गर्भवती भएकी थिइन् । यो निकै दुर्लभ हो तर असम्भव होइन ।’ अर्का एक युजरले कुनै पनि निष्कर्षमा पुग्नुभन्दा पहिले डाक्टरकहाँ गएर परीक्षण गराउन भनेका छन् । एक युजरले डिएनए परीक्षण गर्न भनेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *