निजामती पुरस्कार आफू नजिकलाई मात्र

डिसी नेपाल
२१ भदौ २०७८ १७:०६
880
Shares

काठमाडाैं । सरकारले हरेक भाद्र २२ गते निजामती दिवस मनाउँदैआएको छ । सोहि दिवसकै अवसरमा सरकारले वर्षेनी सर्वोत्कृष्ठ निजामती सेवा पुरस्कार एक जना, उत्कृष्ट निजामती सेवा पुरस्कार १० जना र निजामति सेवा पुरस्कार ३० जनालाई प्रदान गरिँदै आइरहेको छ । वर्षेनी एक जनालाई सर्वोकृष्ट पुरस्कार प्रदान गरेपछि दिवस मनाउन थालिएको १७ वर्ष पूरा भए पनि अहिलेसम्म सिमित कर्मचारीले मात्र उक्त पुरस्कार पाएका छन् ।

अहिलेसम्म भगवतीकुमार काफ्ले, सूर्य गौतम, शान्तराज सुवेदी, भाइकाजी तिवारीलगायतले मात्र सर्वोकृष्ट निजामती पुरस्कार पाएका छन् । पूर्वसचिव गोपीनाथ मैनालीले राम्रो काम गरेको एक जना कर्मचारी नपाउनु दुर्भाग्य भएको बताएका छन् । उनले आफ्ना नजिक, ट्रेड युनियनले सिफारिस गरेको कर्मचारीले मात्र पाउने गरेको बताएका छन् । “कतिपय कर्मचारी त पुरस्कार पाएर पनि कारवाहीमा परेका छन्”, उनले भने, “दिवसका अवसरमा पाउने पुरस्कार आफैँमा सम्मानित भएको छैन ।”

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.