भरुवा बन्दुक बनाएर बेच्ने एक जना पक्राउ
काठमाडौं । भरुवा बन्दूक बनाएर बिक्री गरेको आरोपमा प्रहरीले एक जनालाई आइतबार साँझ घरबाटै पक्राउ गरेको छ । बेलबारी नगरपालिका–१ का ५२ वर्षीय आशबहादुर लिम्बुलाई अवैध हतियार र हतियार बनाउन प्रयोग गरिने सामग्रीसहित प्रहरीले पक्राउ गरेको हो ।
रमा छापा मार्दै प्रहरीले बन्दुक, बन्दुक बनाउन प्रयोग गरिने सामग्री, विष्फोटक पदार्थ र वन्यजन्तु हरिणको अंगसहित ५२ वर्षीय लिम्बूलाई आइतबार साँझ पक्राउ गरेको हो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार लोड गरिएको भरुवा बन्दुक, बन्दुक बनाउन प्रयोग गरिने ४ वटा काठ, पड्किने फलामको पासो, १ किलो बारुद, बन्दुक सफा गर्ने रड, ३ वटा काजो, बसिला, राँबो, हथौडा, आरा लगायत बन्दुक बनाउन प्रयोग गरिने विभिन्न औजार बरामद भएको छ। पक्राउ परेका लिम्बूको घरबाट हरिणका ५ वटा सिङ पनि बरामद गरिएको उनले बताए।
पक्राउ परेका लिम्बुमाथि हातहतियार खरखजाना तथा विष्फोटक पदार्थ कसूरमा मोरङ जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।







डिसी नेपाल








Facebook Comment