जुम्ला कांग्रेसमा सभापतिको लागि पाँच भाईको दौड

डिसी नेपाल
२१ भदौ २०७८ २०:३०
52
Shares

जुम्ला – नेपाली कांग्रेसको जिल्ला अधिवेशन नजिकिँदै गर्दा जुम्ला जिल्ला सभापतिका लागि नेता, कार्यकर्ताको दौड बढ्दो छ ।

जिल्ला सभापतिका लागि वर्तमान सभापति दीपबहादुर शाहीसहित पार्टी सचिव कर्णबहादुर शाही, पूर्व वनमन्त्री भक्तबहादुर रोकाया, महाधिवेशन प्रतिनिधि लंकबहादुर शाही र नेता खड्क सेजुवालको नाम पनि सभापति पदको चर्चा आएको छ ।

चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवालको हल्ला भए पनि आफ्नो उम्मेदवारीको विषयमा यकिन नभइसकेको उनले जानकारी दिए । जिल्ला अधिवेशन नजिकिँदै गएपछि जिल्ला सभापतिका लागि पाँच जनाको नाम चर्चामा आएको हो । सभापतिको तयारीका लागि अहिले कार्यकर्ता भेटघाट तथा नेतासँग लबिङ तीव्र चलिरहेको छ ।

यो पटकको अधिवेशनमा पुरानै सभापति दीपबहादुर शाहीले दोहोरिने इच्छा राखेका छन्। पौडेल पक्षले शाहीलाई एकल उम्मेदवारको रुपमा उभ्याइसकेको छ। उनी पौडेल पक्षबाट एकल उम्मेदवार हुनेछन्। यता पार्टी सभापति देउवा प्यानलबाट चारजना आकांक्षी देखिएका छन्।  सचिव कर्णबहादुर शाही, खड्कबहादुर सेजुवाल, भक्तबहादुर रोकाया र कान्तिका सेजुवाल आकांक्षी देखिएको नेपाली काँग्रेस जुम्लाले जनाएको छ। आकांक्षी धेरै देखिएपनि अन्तिममा सभापति शाही र सचिव शाही नै भिड्ने भएका छन्। अहिले दुबै पक्षले कार्यकर्ता भेटघाटलाई तीब्र पारेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.