हेलम्बु र मनाङको सडक दशैँअघि सुचारु गर्न मुश्किल

डिसी नेपाल
२१ भदौ २०७८ २३:३९
20
Shares

काठमाडौँ । लगातारको वर्षासँगै आएको बाढीका कारण बाढीपहिरोले क्षति पु¥याएको सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बु र मनाङको चामे जोड्ने सडक दशैं अघि सुचारु नहुने भएको छ ।

चामेसम्म पुग्ने मुख्य सडक निर्माणका लागि ठेक्का लगाइ सकिए पनि दशैअघि बन्न सक्ने अवस्था नभएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताएका छन्। छिटो काम सक्न निर्माण कम्पनीलाई ताकेता गर्देआएका छौ, कात्तिक शुरुदेखि सडक सुचारु हुने उनले बताएका छन् । मनाङसम्म पुग्ने सडक र नौ वटा पुल यसपालीको वर्षाका कारण आएको बाढीले बगाएको थियो । प्रजिअ लामिछानेका अनुसार नौ वटामध्ये छ वटा पुलको अस्थायी रुपमा काठको निर्माण गरी आवतजावत सुचारु भएको छ । लामो समयपछि मनाङमा यस वर्ष बाढी आएको थियो ।

यता सिन्धुपाल्चोकको मुख्य क्षतिग्रस्त मेलम्ची र हेलम्बु क्षेत्रमा पनि सडक निर्माणका लागि काम शुरु गर्न नसकिएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले बताएका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *