काष्ठमण्डप पुनर्निर्माणमा ११ करोड ५० लाख सकियो

डिसी नेपाल
२२ भदौ २०७८ १९:२८
20
Shares

काठमाडौं । विसं २०७२ वैशाख १२ गते आएका विनाशकारी भूकम्पले क्षति पुगेपछि ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको बसन्तपुर स्थित काष्ठमण्डपको छानो छाउने काम सुरु गरिएको छ ।

सातौँ शताब्दीमा बनेको सो सम्पदामा मौलिक प्रविधिको प्रयोग गरेर झिङ्गटीको छानो छाउने काम सुरु गरिएको काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिए । काष्ठमण्डपको ऐतिहासिकतालाई बचाएर काष्ठमण्डपको पुनःनिर्माण हुने उनको भनाइ थियो ।

करिब रु १९ करोड लागत अनुमान गरिएको उक्त ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदाको काम गर्दा हालसम्म रु ११ करोड ५० लाख खर्च गरिएको छ । काठमाडौँ महानगरपालिकाको अनुदान सहायतामा भइरहेको पुनःनिर्माणको काम छिटो सम्पन्न गरी उद्घाटन गर्ने योजना रहेको अध्यक्ष शाक्यले बताए । काठैकाठको प्रयोग, झिङ्गटीका छाना, चारकुने इँटाका गरा, लेसाइलो माटोको लिपाइ, मिहिन बुट्टा कुँदिएका काठको विशाल संरचना काष्ठमण्डपमा पाइन्छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.