काठमाडौंसहित २३ जिल्ला अझै साक्षर घोषणा हुन् बाँकी (सूचीसहित)
काठमाडौं। आज ८ सेप्टेम्बर अर्थात् ५५औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस। नेपालमा १५ वर्षभन्दा माथिको कुल जनसंख्याको ६७.९ प्रतिशत साक्षर रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जानकारी दिएको छ । जसमा महिला ५९.७ र पुरुष ७८.६ प्रतिशत छन्।
नेपालमा ७७ मध्ये ५४ जिल्ला मात्र पूर्ण साक्षर घोषणा भएका छन्। अझै २३ जिल्ला साक्षर घोषणा हुन बाँकी छ । हालै मात्र काठमाडौं महानगरपालिकालाई साक्षर घोषणा गरिएको थियो।
साक्षर घोषणा हुन बाँकी २३ जिल्ला यी हुन्
प्रदेश १ को ताप्लेजुङ र सोलुखुम्बु साक्षर घोषणा हुन बाँकी छन् भने बागमती प्रदेशमा काठमाडौं अझै साक्षर घोषणा भएको छैन। जबकि काठमाडाैं देशमै सबैभन्दा बढी जनसंख्या भएकाे जिल्ला मात्र हाेइन मुलुककै राजधानी पनि हाे। नेपालकाे पहिलाे महानगरपालिका काठमाडाैं पनि गत साता मात्र साक्षर घाेषणा भएकाे थियाे।
यसैगरी, प्रदेश २ मा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्ला अझै साक्षर घोषणा हुन सकेका छैनन्।
लुम्बिनीमा कपिलवस्तु र बाँके, कर्णालीमा मुगु, जुम्ला, हुम्ला, कालीकोट र डोल्पा तथा सुदूरपश्चिममा कैलाली, कञ्चनपुर, डोटी, बाजुरा र बझाङ साक्षर घोषणा हुन सकेका छैनन् । यी २३ जिल्लाका २७० मध्ये २१८ स्थानीय तह साक्षर घोषणा हुन बाँकी रहेको मन्त्रालयले जानकारी दिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment