स्रोत नखुलेको ११ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ
सांकेतिक तस्बिर
काठमाडौं। प्रहरीले स्रोत नखुलेको ११ लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। चन्द्रागिरि नगरपालिका–२ नागढुंगाबाट स्रोत नखुलेको ११ लाख रुपैयाँसहित भारत पश्चिम बंगालका १९ वर्षीय शोविक आदक मंगलबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ।
धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा ४ ख ४४५० नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार शोविकको झोलाबाट उक्त रकम बरामद गरिएको हो। यसबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment