बुढीखोलामा ६ जनाको सामूहिक दाहसंस्कार

डिसी नेपाल
२३ भदौ २०७८ २०:५३
72
Shares

काठमाडौं।  संखुवासभा मादी नगरपालिका वडा नम्बर १ उम्लिङमा हत्या गरिएका ६ जनाको सामूहिक अन्त्येष्टि गरिएको छ।

बुधबार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम सकेर ६जनाकै शव अन्त्येष्टि गरिएको मृतकका आफन्त बिक्रमकुमार कार्कीले जानकारी दिए। उनका अनुसार अन्त्येष्टिका लागि तेजबहार कार्कीका कान्छा छोरा रमेश कार्की धरान आइपुगेका छन् । उनी बुधबार बिहानको राति आएका हुन् ।

मादी नगरपालिका–१ उमलिङको खोला गाउँमा ५२ वर्षीय तेजबहादुर कार्की, उनकी आमा ८४ वर्षीया पार्वती कार्की, श्रीमती ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।

शव भेटिएपछि प्रहरीले अनुसन्धान गरिरहेको छ । तर तीन दिनसम्म कुनै निष्कर्षमा पुगेको छैन ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *