जनकपुरधाममा तिजको रौनक
जनकपुरधाम। भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तिज आज महादेवको पूजा आराधना गरी मनाइँदैछ।
भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ।
तिजको अवसरमा जनकपुरको शिव चौकमा रहेको शिवमन्दिर,कुवामा रहेको कुपेश्वरनाथ महादेव मन्दिर,क्षीरेश्वरनाथ महादेव मन्दिरमा श्रद्धालुको भिड लागेको छ।
महादेव मन्दिरमा पुजापाठ गर्ने श्रद्धालुको विहानै देखि घुइँचो लागेको छ। जनकपुरको प्रसिद्ध तलाउमा स्नान गरेर पूजापाठ गर्नेको संख्या विहानैदेखि देखिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment