आमाको निधन भएको भोलिपल्ट आफ्नो जन्मदिन, अक्षय कुमारले यसरी पोखे पीडा
काठमाडौं। आज ९ सेप्टेम्बर बलिउड स्टार अक्षय कुमारको जन्मदिन हो । अक्षय कुमारको जीवनमा यो खास दिन आउनुभन्दा ठिक एक दिन अघि हिजो मात्र उनको जीवनमा ठूलो घटना घट्यो । हिजो उनकी आमा अरुणा भाटियाको निधन भयो । अक्षयले आफ्नो जन्मदिनमा आमाको साथमा एउटा तस्वीर शेयर गरेर आमालाई सम्झिएका छन् ।
इन्स्टाग्राममा अक्षयले आमाको साथमा तस्वीर शेयर गर्दै लेखेका छन् ‘यस्तो तरिकाले कहिल्यै पनि चाहेको थिइन तर मलाई विश्वास छ कि उहाँ त्यहाँबाट मेरो लागि ह्याप्पी बर्थडेको गीत गाउँदै हुनुहुन्छ होला । तपाइँहरु सबैको समवेदना र शुभकामनाको लागि आभार । जीवन चलिरहन्छ ।’ अक्षय कुमारको यो पोस्टमा सेलिब्रेटी र फ्यानहरु सबैले कमेन्ट गरेका छन् ।
View this post on Instagram
हिजो अक्षयले आमाको निधनको जानकारी पनि सामाजिक संजालबाटै दिएका थिए । उनले लेखेका थिए ‘उहाँ मेरो अहम हिस्सा हुनुहुन्थ्यो । आज मलाई असहनीय पीडा भइरहेको छ । मेरी आमा श्रीमती अरुणा भाटियाले आज यो संसारबाट विदा लिनुभयो । उहाँ अर्को संसारमा मेरा पितासँग फेरि भेट्नुभएको छ । म तपाइँको सहानुभूतिको सम्मान गर्छु किनकि म र मेरो परिवार अहिले निकै कठिन अवस्थामा छ । ओम शान्ति ।’







डिसी नेपाल








Facebook Comment