११ हजार ९४४ परीक्षण गर्दा १ हजार २७१ जनामा कोरोना संक्रमण

डिसी नेपाल
२४ भदौ २०७८ १६:४२
88
Shares

काठमाडौं । गत २४ घण्टामा नेपालमा ११ हजार ९४४ जनाको परीक्षण गर्दा १ हजार २७१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १ हजार ८४५ जना निको भएर घर फर्केका छन्।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ८ हजार ८९८ पीसीआर परीक्षण गर्दा १ हजार ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ३ हजार ४६ परीक्षण गर्दा २१३ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।

गएको २४ घण्टामा १४ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार विहिबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ९०३ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २८ हजार ६७८ जना रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.