अवैध रुपमा क्यान्सरको औषधि बिक्री गरेको आरोपमा किशोर पक्राउ
काठमाडौं । प्रहरीले अवैध रुपमा क्यान्सरको औषधि बिक्री गरेको आरोपमा काठमाडौंबाट एक किशोरलाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले बुढानिलकण्ठका १९ वर्षीय प्रबल भण्डारीलाई पक्राउ गरेको हो । पक्राउ परेका भण्डारीले अवैध रुपमा क्यान्सरको औषधि बिक्री वितरण गरेको आरोप प्रहरीले लगाएको छ ।
काठमाडौंको बुढानीलकण्ठ–गोल्फुटार क्षेत्रमा केही व्यक्तिले क्यान्सर रोगको उपचारमा प्रयोग हुने महंगा औषधीहरु अवैध रुपमा बिक्री गर्दै आइरहेको भन्ने सूचनाको आधारमा अपराध मशाखाबाट खटिएको प्रहरी टोलीले बुधबार दिउँसो भण्डारीलाई पक्राउ गरेको हो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment