थप १ हजार १४६ जनामा कोरोना संक्रमण, २१ जनाको मृत्यु

डिसी नेपाल
२५ भदौ २०७८ १६:१४
144
Shares

काठमाडौं । गत २४ घण्टामा नेपालमा १० हजार ९१६ जनाको परीक्षण गर्दा १ हजार १४६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १ हजार ६६० जना निको भएर घर फर्केका छन्।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ८ हजार ५४९ पीसीआर परीक्षण गर्दा ९६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै २ हजार ३६७ परीक्षण गर्दा १८५ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।

गएको २४ घण्टामा २१ जनाको कोरोनाका कारण ज्यान गएको छ । मन्त्रालयका अनुसार शुक्रबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ९२४ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ९५८ जना रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.