सामाजिक सञ्जालबाट कमाएको आम्दानीमा एक प्रतिशत अग्रिम कर लाग्ने

डिसी नेपाल
२५ भदौ २०७८ १८:१४
24
Shares

काठमाडौं । सरकारले सामाजिक सञ्जालबाट कमाएको रकमको भुक्तानी लिदा एक प्रतिशत अग्रिम कर लिने भएको छ । शुक्रबार अर्थ मन्त्री जनार्दन शर्माले बजेटको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

मन्त्री शर्माले बोल्दै भने, ‘व्यसाय सञ्चालनमा संलग्न नरहेको कुनै बासिन्दा प्राकृतिक व्यक्तिले नेपालबाहिर सफ्टवेयर वा यस्तै प्रकृतिको अन्य विद्युतीय सेवा उपलब्ध गराए वा सामाजिक सञ्जालमा श्रव्यदृश्य सामग्री अपलोड गरे वापत विदेशी मुद्रा भुक्तानी प्राप्त गरेको भए सम्बन्धित बैंक, वित्तिय संस्था वा मुद्रा हस्तान्तरण मनि ट्रोन्सफर गर्ने संस्थाहरूले त्यस्तो भुक्तानी प्रदान गर्दा प्राप्त रकमको १ प्रतिशतका दरले अग्रिम कर अशुल गर्ने व्यवस्था मिलाएको छु ।’

व्यवसाय सञ्चालनमा संलग्न नरहेको कुनै बासिन्दा प्राकृतिक व्यक्तिले नेपाल बाहिर सफ्टवेयर वा यस्तै प्रकृतिको अन्य विद्युतीय सेवा उपलब्ध गराउने वा सामाजिक सञ्जालमा श्रव्यदृश्य सामग्री अपलोड गरेबापत विदेशी मुद्रामा भुक्तानी प्राप्त गरेको भए सम्बन्धित बैंक वित्तीय संस्था तथा मुद्रा हस्तान्तरण (मनी ट्रान्सफर) गर्ने संस्थाले त्यस्तो भुक्तानी प्रदान गर्दा प्राप्त रकमको एक प्रतिशतका दरले अग्रिम कर असुल गर्ने व्यवस्था मिलाएको छु, प्रतिस्थापन विधेयकको बुँदा नम्बर ६८ मा उल्लेख छ।

उक्त व्यवस्थाअनुसार नेपाल बाहिर सफ्टवेयरको काम गर्नेहरूले विदेशी मुद्रामा आम्दानी गरे पनि १ प्रतिशत कर लाग्ने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *