गृहमन्त्रीको सहयोगमा ४१ जनालाई प्रहरी बनाएको बताउने युवा पक्राउ
गृह मन्त्री बालकृष्ण खाँणको सहयोगमा नेपाल प्रहरीमा ४१ जनालाई भर्ना गरिदिएको भन्दै फेसबुकमा स्टाटस लेख्ने नरेन्द्र गुरुङ प्रहरीको फन्दामा परेका छन्।
प्युठानको ऐरावती गाउँपालिका १ का ३० बर्षीय गुरुङलाई प्युठान नगरपालिका ४ बाट पक्राउ गरिएको प्युठानका प्रहरी प्रमुख डीएसपी सुनिल मल्लले जानकारी दिए। “मेरो व्यक्तिगत पहलमा प्युठानी छोराहरूले नेपाल प्रहरीमा नाम निकाल्न सफल भएका छन्, भाइहरूलाई हार्दिक बधाई छ। नेपाली कांग्रेस प्युठानका उपसभापति बद्री लम्साल ज्युको पहलमा ११ जना, हिमाल शाक्य, राजन लगायत अन्य साथीहरुको सिफारिसमा गरी देशभरबाट ४१ जना नाम निकाल्न सफल भएको छु। सहयोगको लागि माननीय गृहमन्त्री बालकृष्ण खाँणज्युलाई धन्यवाद’, भन्दै नरेन्द्रले गत बिहीबार फेसबुकबाट नाम पनि सार्वजनिक गरेका थिए।
प्रहरीलाई उनले नेपाल विद्यार्थी संघमा आवद्ध रहेको बताएका छन्।







डिसी नेपाल








Facebook Comment