२१ वर्षीय युवकको जोश, डिउटीमा खटेका प्रहरीलाई नै हातपात
सांकेतिक तस्बिर
काठमाडौं। बाजुरामा डिउटीमा खटेका प्रहरीलाई नै हातपात गरेपछि एक युवक प्रहरीको फन्दामा परेका छन् ।
बुढिगंगा नगरपालिका ८ बस्ने २१ वर्षीय प्रकाश कुँवरले प्रहरीलाई हातपात गरेको अभियोगमा शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
अस्थाई प्रहरी पोष्ट रिठाबजार बाजुराबाट खटिएको प्रहरीले सवारी जाँच गर्ने क्रममा उनले सवारी साधन किन जाँच गर्नु पर्यो, नगरे के हुन्छ भनि विवाद गरी हातपात समेत गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment