राति चालकलाई कुटेर गाडी लिएर भागे, बिहान दुर्घटनामा परे !

डिसी नेपाल
२७ भदौ २०७८ १८:०३

काठमाडौं । भनिन्छ पाप  धुरीबाट कराउँछ । यस्तै भएको छ दुई युवक माथी । प्रंशग रहेको छ मारुदिन मियाँ र नबिब आलमका । शनिबार उनीहरुले चालकलाई कुटेर सोहि गाडी लिएर भागे तर, बिहान उनीहरु दुर्घटनामा परेका छन् ।

काठमाडौंबाट जनकपुरधाम जाने क्रममा बाँकेको जङ्गलमा पुगेपछि सेवाग्राहीद्वय मारुदिन र नबिबले सवारी चालक रोशन खरेलमाथि एक्कासी आक्रमण गरे । उनीहरूले चालकमाथि हातमुक्कासहित गाडीमै राखिएको रड्ले प्रहार गरे । चालक बेहोस भए । उनीहरूले चालक खरेललाई गाडीबाट जंङ्गलमा फालिदिए । अनि आफूहरू चाहिँ सोही गाडी लिएर जनकपुरतर्फ आए ।

तर, तीव्र गतिका कारण उनीहरू चढेको गाडी क्षीरेश्वरनाथ नगरपालिका हरिहरपुरमा दुर्घटना भयो । खासै चोटपटक लागेन । उनीहरू गाडीलाई त्यही छाडेर अटोरिक्सा चढेर धनुषाधामतर्फ लागे । त्यतिबेलासम्म चालक खरेलले प्रहरीलाई खबर गरिसकेका थिए । “म गाडी चलाउँदै गर्दा कुटपिट गर्न थाले । जथाभाबी कुट्न थालेपछि मैले बेहोस भएको नाटक गरेँ,” उनले भने, “म बेहोस भएको बाहना गर्दा पनि कुटे । तर, कुट्नुभन्दा पनि उनीहरू भाग्न खोज्दै थिए । मैले भाग्न दिएँ ।”

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *