भारतमा नोट छाप्ने, नेपालमा कारोबार चलाउने ५ पक्राउ
काठमाण्डौं । बारा र रौतहटबाट नक्कली नेपाली नोटको कारोबार गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाली नक्कली नोट कारोवार हुँदै गरेको थाहापाएपछि प्रहरीको स्पेसल टास्क फोर्स शनिबार बिहान निजगढ पुगेको थियो । प्रहरीले ९३ लाख नक्कली नेपाली रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको हो ।
काठमाडौँबाट आएको व्युरोको टोलीले जिल्लाको निजगढस्थित होटल तारा इनबाट नक्कली नोंटको कारोबारमा संलग्न ३ जनालाई नियन्त्रणमा लिए पछि थप २ जना रौतहटको गुजरा नगरपालिका वडा नं.२ बाट दिउँसो ३ बजे पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट नेपाली एक हजार दरको नक्कली र सक्कली नोट मिसाएर राखिएको ९३ लाख रुपैयाँ बरामद गरेको छ । पक्राउ परेका व्यक्तिहरुले प्रयोग गर्ने बा १४ च ९३८२ नम्बरको स्कार्पियो गाडी पनि प्रहरीले नियन्त्रण लिएको छ । पक्राउ परेका पाँचै जनालाई शनिबार राति होटल तारा इनमै राखेर आइतबार बिहान मात्र बाराको कलैयास्थित जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ । पक्राउ परेका व्याक्तिहरुको परिचय भने प्रहरीले गोप्य राखेको छ ।







डिसी नेपाल








Facebook Comment